रानाथारु कलाकार मञ्चले नेपाल रानाथारु समाजलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । रानाथारु कलाकारहरुको हक र अधिकारका लागि कुनै संघ संस्था तथा निकायबाट पहल नहएको , कलाकारहरुको रचना तथा सिर्जना हरेक कार्यक्रममा उपयोग भएको तर त्यस बाफत कलाकारले कुनै सम्मान तथा सहयोग नपाएको भन्दै कलाकार मञ्चले त्रापन पत्र बुझाएको हो ।
रानाथारु कलाकार मञ्चकी अध्यक्ष श्रीशा रानाले रानाथारु कलाकार अहिले अभिभावक बिहिन रहेको, चाडो भन्दा चाडो यसको जिम्मा नेपाल रानाथारु समाज लिनु पर्ने बताइन । हरेक जातजातीको पहिचान भलेकै कला र संस्कृति रहेको र त्यो सबै कलाकार विना सम्भव नरहेकाले यथा सिघ्र कलाकारहरुको माग पुरा हुनुपर्ने उनको माग थियो ।
नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं रानाले कलाकार मञ्चका माग जायज रहेको र चाडै समितिबाट मञ्चका माग बारे सुनवाई गरिने प्रतिबद्रता जनाए ।
रानाथारू कलाकार मञ्चका मागहरू
१- स्थानिय सरकार वा वडा कार्यलयको सहयोगमा नेपाल रानाथारु समाजको आयोजनामा हुने होरि मिलन लगायत सम्पुर्ण मन्चिय कार्यक्रममा सहभागिता सहित कलाकारिता बिकासका निम्ति कम्तिमा कुल बजेटको २०% रकम हाम्रो संस्थालाई उपलब्ध गराइयोस ।
२- रानाथारू अबादि रहेका सम्पुर्ण स्थानिय तहहरुमा रानाथारू भाषा संस्कृति, कलाकारिता बिकासका निम्ति संस्थागत समन्वयात्मक पहल होस ।
३- रानाथारू अबादि रहेका सम्पुर्ण स्थानिय सरकारको आयोजना वा प्रयोजनमा हुने सम्पुर्ण मन्चिय कार्यक्रममा कम्तिमा स्थानिय कलाकारको सम्मानित सहभागिता गराउन पहल होस।
४- नेपाल रानाथारु समाजको आयोजनामा बार्षिक रूपमा कम्तिमा एक साँस्कृतिक महोत्सब काठमाडौंमा आयोजना होस