पुनर्वास नगरपालिका,१० का वडा अध्यक्ष सुकदेव राना जनताहरुको मन जित्दै गैरहेका छन । विकासका कार्य एक पछि अर्को गर्दै जादा त्याहाँका जनता खुशी भएका छन् । जनताका अपेच्छा अनुसार काम गर्ने गरेको अध्यक्ष राना बताउछन् ।

पुनर्वास नगरपालिका वडा न.१० को गिरि चोक देखि काफ्ले चोक हुँदै ११ नं वडाको सिमाना पिपाल चौतारा सम्म कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएको सब इन्जिनियर संगै अध्यक्ष राना अनुगमन गरेका छन् ।

उक्त सडकको निर्माण गर्ने काम दाउत निर्माण सेवा कन्ट्रकसन पुनर्वास पाएको थियो । आर्थिक वर्ष २०७६÷०७७ को बजेट बाट ४० लाख रुपैयाँ को लागतमा ३०० मि. कालो पत्रे सडक निर्माण भएको हो ।

यसका साथै पुनर्वास नगरपालिका वडा न.१० अन्तरगत नै पर्ने मेन रोड देखि बिजय मा. वि. सम्मको १८६ मि. पिच रोड २ दिन अघि निर्माण कार्य सम्पन्न भैसकेको छ । रानाले जनता स्वरोजगार गर्न तथा सिप विकास गर्न वडामा १ लाखको लागतमा कटाई सिलाई संचालन गरेका छन् । त्यसतै सडक दुर्घटना कम गर्न तथा चोरी नियन्त्रण गर्न सडक बत्ती मर्मत गरि सकेको रानाले बताए ।