साबिक राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रत्यक्ष निर्वाचित कृष्णबहादुर चौधरी र समानुपातिक तर्फकी मालामति रानाथारु बीच पदीय भागबण्डा मिलेको छ । सुदूरपश्चिम प्रदेश सभामा २ जना मात्रै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यबीच झण्डै ३ वर्ष पछि पदीय भागबण्डा मिलेका हो ।
दुवै जनाले संसदीय दलको नेतामा आफु हुनुपर्ने दाबी गर्दै आएका थिए । रानाथारुले आफु पार्टीको मर्यादाक्रम अनुसार वरिष्ठ रहेकोले दलको नेता आफु बन्न पाउनुपर्ने अडानमा थिइन् । भने चौधरीले भने आफु प्रत्यक्ष निर्वाचित भएकोले आफुले पाउनुपर्ने अडान लिएका थिए ।
अन्ततः मंसिर १० गते पदीय जिम्मेवारी टुंगो लागेको छ । प्रदेश सभामा अब जसपाको तर्फबाट संसदीय दलको नेतामा चौधरी र प्रमुख सचेतकमा रानाथारुले जिम्मेवारी पाएको प्रदेश सभा सदस्य रानाथारुले जानकारी गराइन् ।
२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथ ग्रहण गरेका हुन् । सभामा नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) गरी ३ दलको उपस्थिति छ ।