धनगढी, मंसिर ११ ,
धनगढी उप–महानगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको बिहीबार शिलन्यास गरिएको छ ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको शिलन्यास गरेका हुन । ९० लाख भन्दा बढीको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको प्रमुख वड बताउनु भयो ।

नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले समयमै वडा कार्यालय भवन सम्पन्न गर्न निर्माण कम्पनी सनलाईज कन्सट्रक्सन संग आग्रह गरिन । उनले भनिन्, निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी स्थानीयले पनि गर्नुपर्छ ।
