३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कञ्चनपुरको महेन्द्रनगरमा मृत अवस्थामा फेला परेका युवकको सनाखत

खबर सम्बाददाता १२ मंसिर २०७७, शुक्रबार
कञ्चनपुरको महेन्द्रनगरमा  मृत अवस्थामा फेला परेका युवकको सनाखत

 कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका युवकको सनाखत भएको छ । मृत अवस्थामा फेला परेका ती युवक कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ४ स्थित सुनार टोल बस्ने २५ वर्षीय कमल दमाई रहेको पुष्टि भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

महेन्द्रनगर बजारमा रहेको भानु पाटी पैलेस नजिकै मृत फेला परेका दमाई गत असोज महिनामा मजदुरीका लागि स्याङ्जा गएको परिवार स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, घाँटीमा टेलिफोनको तारले बेरिएको अवस्थामा मृत फेला परेका दमाईको हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली र तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको उहाँको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin