१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

टीकापुर घटनालाई तत्काल राजनीतिक तबरले समाधान गर्न माग गर्दै , मंसिर २० गते विरोध सभाको हुने

खबर सम्बाददाता १५ मंसिर २०७७, सोमबार
टीकापुर घटनालाई तत्काल राजनीतिक तबरले समाधान गर्न  माग गर्दै , मंसिर २० गते  विरोध सभाको हुने

थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धालाई राजनीतिक तबरले तत्काल समाधान गर्न थरुहट मोर्चाले अह्वान गरेको छ ।

थारु कल्याकारीणि सभा क्षेत्र नं. १ र थरुहट मोर्चा थारुवान राष्ट्रिय मोर्चाको जिल्ला कतिटिको संयूक्त आयोजना मंसिर २० गते हुने विरोध सभाको तयारीकालागि थरुहट मोर्चाले विभिन्न क्षेत्रका अगुवाहरुसंग बृहट छलफल गरेको संयोज माधब थारुले बताए ।

उनले नितान्त टीकापुर घटनालाई राजनीतिक तबरले तुरुन्त समाधान गर्नकोलागि सबैमा अह्वानकोलागि विरोध सभा गर्न लागेको बताए । विरोध सभाको तयारीका लागि तयारी समिति समेत गठन भएको छ ।

टीकापुर घटना पश्चात त्यहाँका बासीहरु जनप्रतिनिधि विहिन भएको अवस्थामा उनीहरुलाई नै जागरुक गराउन तथा टीकापुर घटनाप्रतिको अपनत्व र सम्मानकोलागि सो विरोघ सभा टीकापुरमै गर्न लागेको नेता थारुले बताए ।

विरोध सभा सम्पन्नका लागि हिजो कोइलही तालमा पहिचान र अधिकार सम्बद्ध अन्तरमोर्चा (उत्पीडित समन्वय मञ्च, दलित मुक्ति राष्ट्रिय अभियान, खसान राष्ट्रिय संघर्ष समिति) हरुसंग सम्बाद कार्यक्रम सम्पन्न भएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin