जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका-५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय फैसला गरेको छ ।
बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका-५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।