१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

श्वेता खड्का धनगढीकी बुहारी बन्दै

खबर सम्बाददाता १८ मंसिर २०७७, बिहीबार
श्वेता खड्का धनगढीकी बुहारी बन्दै

अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ। उनीहरु मंसिर २२ गते विवाह गर्न लागेका हुन्।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेका थिएनन्। तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।

अभिनेत्री खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर, विवाहको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भयो। श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin