नविनतम बाल समुहको आयोजनामा धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित उर्मि गाउँको दक्षिण टोलमा दिपावली विशेष सांस्कृतिक कार्यक्रम २०७९ कार्तिक ८ गते साझँ ७:०० बजेदेखि हुने बताएका छन ।
विगत ४ वर्षदेखि हुँदै आइरहेको यस कार्यक्रम पुनः यस वर्षपनि भब्यताका साथ गर्नेछौ । कैलालीको धनगढी उप-महानगरपालिका , गोदावरी नगरपालिका ,कैलारी गाउँपालिका र कंचनपुरको पुनर्वास नगरपालिका ,लालझाडी गाउँपालिका , कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका तथा अन्य क्षेत्रका पनि थुप्रै दर्शकको भिडभाड हुने गर्दछ । कार्यक्रमको लागि ए.बि. डान्स क्लबका प्रबन्धक तथा रानाथारुका कलाकार/मोडेल अबिनाश रानाले नबिनतम बाल क्लबका कलाकारहरुलाई नृत्य सिकाउदैछन ।
अहिलेको वर्तमानमा चल्दै आइरहेको विषयवस्तुलाई समेटेर २ वटा नाटक पनि प्रदर्शन गर्नेछौ । रेडियो पश्चिम् टुडे ८८.८ का रानाभाषाको कार्यक्रम अप्नि कहानीका संचालक र बि.प्लस मिडियाका सम्बादाता सुरज रानाले कार्यक्रम संचालन गर्नेछन भनेर नबिनतम बाल समुहका कार्यक्रम संयोजक शिवराज रानाले बताएका छन ।