१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

जाडोमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन नगरवासी सबैमा अनुरोध

खबर सम्बाददाता ४ पुष २०७७, शनिबार
जाडोमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन नगरवासी सबैमा अनुरोध

नगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन समेत नगरवासी सबैमा अनुरोध गरेको छ । नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्ट द्वारा जारी अपिलमा भनिएको छ, ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न सबैले सजकता अपनाउनु जरुरी छ । धनगढी उप–महानगरपालिका आफ्नो श्रोत, साधनले भ्याए सम्म सतर्कता, चेक जाँच र व्यवस्थापनमा जुटेको ब्यहोरा नगरवासीमा सादर निवेदन गर्दछौँ ।’

सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको छ । अझै पनि आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनुहुन राजनितिकदल नगर बासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरू, सञ्चारकर्मी लगायत आम सरोकारवालाहरू सँग उप–महानगरपालिका हार्दिक अपिल गर्दछ । ‘धनगढी उप–महानगरपालिकाले निःशुल्क स्वाब परीक्षणको सेवा दिई रहेको जानकारी गराउँदै कोरोना सङ्क्रमणको लक्षण देखिएमा उप–महानगरपालिकाको स्वाब सङ्कलन केन्द्रमा पुगेर स्वाब दिन अनुरोध गर्दछौँ । सङ्क्रमण देखिएकालाई अनिवार्य रूपमा होम आइसोलेसनमा बस्न निवेदन गर्दछौँ ।’ अपिलमा भनिएको छ ।

‘केही दिन देखि सित लहरका कारण अत्यधिक चिसो बढेको छ । यस्तो मौसममा ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई रुघाखोकी, भाइरल ज्वरो र निमोनिया हुनसक्ने भएकाले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन अनुरोध गर्दछौँ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin