१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

खबर सम्बाददाता ५ पुष २०७७, आईतवार
प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

 प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी थिए ।

आइतबार दिउँसो वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधिक निर्वाचन गर्ने घोषणा भइसकेको छ ।

source: online khabar

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin