१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडी-३ डुङ्गामा तेस्रो गुरही बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ४ भाद्र २०८०, सोमबार
लालझाडी-३ डुङ्गामा तेस्रो गुरही बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं ३ स्थित डुङ्गा गाउँमा तेस्रो गुरही बिशेष सांस्कृतिक कार्यक्रम प्रदिप चौधरीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना विशिष्ट अतिथि लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदनसेन बडायक ,लालझाडी गाउँपालिका वडा नं ३ का अध्यक्ष टिकाराम डगौरा वडा सदस्य ,शिक्षक , समाजसेवी बुद्धिजीवी स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

गुरही पर्व थारु समुदायको महत्त्वपूर्ण प्राकृतिको पुजा गर्ने पर्व हो । यो पर्वलाई लालझाडी गाउँपालिकाले अहिलेसम्म सम्बोधन गर्न सकेको थिएन अब आउने वर्षमा सम्बोधन गर्नेछौ भनेर प्रमुख अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले मन्तव्य व्यक्त गरेकी थिइन ।

हामीले आफू जनप्रतिनिधि हुदा लालझाडीमा एउटा प्रज्ञा प्रतिष्ठान गठन गरेका थियौ त्यस समितिमा शिक्षकहरुलाई समेटेका थियौ । प्रज्ञा प्रतिष्ठानको काम बिभिन्न जातजातिको बारेमा अनुसन्धान गरि स्थानीय पाठ्यक्रममा राख्ने वयवस्था गरेका थियौ । यसले गर्दा विद्यार्थीहरुले आफ्नो संस्कृति रीतिरिवाजको बारेमा अध्यन गरेर थहा पाउन सकिन्थ्यो । अहिले यो प्रज्ञा प्रतिष्ठानलाई पुनः निरन्तरता दिन सरोकारवालालाई अनुरोध गरेका छन ।
भौतिक पुर्वाधार मात्र बिकास होइन । कला संस्कृतिको संरक्षण गरी आफ्नो पहिचान बचाउनु पनि बिकास हो । रानाथारु समुदायमा एकरुपताको कुरा गर्ने अगुवाइ गर्ने ब्यक्तिलाई आफ्नो संस्कृतिको बारेमा कतिको थहा छ भन्नुस ? रानाथारुको तीजको बिषयमा अहिले ठुलो राजनीति गरेका छन । संस्कृति,रीतिरिवाजको बारेमा ज्ञान भएकोले अगुवाई गर्नुपर्छ । सावनको ४ गते तिज मनाए गाउँका भलमन्सालाई करबाही गर्ने अनि भदौ २ गते सनिबार मनाउन पाईन्छ ? तपाईलाई करबाही गर्न कसले अधिकार दियो ? यहाँ प्रमुख जिल्ला अधिकारीको समेत भलमन्साले सावन ४ गते तिज मनाए कारबाही गर्ने अधिकार छैन किनकी भलमन्सा गाउँका सबै ब्यक्तिले मिलेर चुनिन्छ भनेर विशिष्ट अतिथि लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदनसेन बडायकले मन्तव्य व्यक्त गरेका थिए ।

हामीले सबै जातजातिको पहिचान संस्कृति संरक्षण गर्नको लागि बजेट बिनियोजन गरेका छौ । लालझाडी-३ मा थारु समुदायको जनसंख्या अधिकतम भएको हुनाले यश वडामा गुरही पर्वको कार्यक्रम आयोजना गरेका थियौ । आउने वर्षमा पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भनेर लालझाडी गाउँपालिका वडा नं ३ का अध्यक्ष टिकाराम डगौराले प्रतिबद्धता गरेका छन ।

वडाका विभिन्न गाउँबाट गुरही असराउन दिदिबहिनि र दाजुभाइ कार्यक्रम हुने स्थानमा आएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin