कञ्चनरमा च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले निकुञ्जको टोली घटनास्थलमा पुगेको बताउनुभयो। मृतक बुढासँगै अन्य दुई महिला पनि च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनीहरुले रुख चढेर ज्यान जोगाएको बताएका छन्।
गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो। सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो। दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन्।