१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

रूख कटान नहुँदा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम रोकियो

खबर सम्बाददाता २९ भाद्र २०८०, शुक्रबार
रूख कटान नहुँदा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम रोकियो

रूख कटान आदेश नपाउँदा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम रोकिएको छ। वन मन्त्रालयले रुख कटानको आदेश नदिएको हो।

धनगढीमा दुई वर्षभित्र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने सर्त राखेर गत वर्षको पुसमा चिनियाँ कम्पनीसंग सम्झौता भएको थियो। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाएर वन मन्त्रालयमा रूख कटान गर्न आदेश माग गरिएको छ।

वडा नम्बर ७ को पटेलामा २२ हेक्टर जमिनमा एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुनुपर्ने हो। त्यहाँ दुई हजारजति बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको अनुमान छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले ९६ करोड ८२ लाख ३९ हजार ६ सय ४६ रुपैयाँ ६३ पैसामा धनगढीमा दुई वर्षभित्रै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको सम्झौता रहेको जानकारी दिनुभयो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin