२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

लालझाडी-२ मा नबिल बैकको विस्तारित काउन्टर चान्देव संचालनमा

खबर सम्बाददाता १४ कार्तिक २०८०, मंगलवार
लालझाडी-२ मा नबिल बैकको विस्तारित काउन्टर चान्देव संचालनमा

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं. २ शंकरपुर कञ्चनपुरमा नेपाल राष्ट्र बैक बाट “क”वर्गको इजाजतपत्र प्राप्त संस्था नबिल बैक लिमिटेडले आफ्नो विस्तारित काउन्टर चान्देव सञ्चालनमा ल्याएको छ।

आज एक कार्यक्रमका बीच उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख निर्मल राना, उप-प्रमुख सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा, ईलाका प्रहरी शंकरपुर का प्रमुख रमेश परियार र चान्देव शाखा प्रमुख टेक राज जोशीको उपस्थिति रहेको थियो।

स्थानीयहरुका लागि पालिकाको काम थप सहज र छरितो गर्न नबिल बैकले सहयोग गर्ने छ । यस बैंकको लागि एक कोठाको सटर भाडा नि:शुल्क बैंकलाई उपलब्ध गराएको भनेर पालिका अध्यक्ष निर्मल रानाले बताएका छन्।

गाउँपालिका नजिकै नवील बैकले सेवा विस्तार गरेसगै अब स्थानियहरुलाई बैंकिङ सेवाका लागि ५-६ किलोमिटर टाढा चान्देव बजार जानुपर्ने समस्या हटेको छ। बैक काउन्टर संञ्चालनमा आएसंगै अब लालझाडी १, २, ३ र ४ का स्थानिय वासिन्दाहरु लाभान्वित भएका छन्। निकट भविष्यमै शाखा कार्यलय राखेरै नबिल बैकले सेवा दिने छ । यो चान्देव शाखाको बिस्तारित काउन्टर भएको हुनाले १० बजेदेखि ३ बजेसम्म मात्र सेव दिने भनेर चान्देव शाखा प्रमुख टेक राज जोशीले बताएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin