१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कार्तिक २५ गते धनगढी-१५ उर्मामा जनचेतनामुलक नाटक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुदै

खबर सम्बाददाता १६ कार्तिक २०८०, बिहीबार
कार्तिक २५ गते धनगढी-१५ उर्मामा जनचेतनामुलक नाटक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुदै

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित उर्मा गाउँको उत्तर टोलमा रानाथारु संस्कृति समुहको आयोजनामा कार्तिक २५ गते साझँ ७:०० बजेदेखि रानाथारु जनचेतनामुलक नाटक तथा सांस्कृतिक कार्यक्रम-२०८० हुने ।

सांस्कृतिक नृत्य तथा जनचेतनामुलक नाटक “कर्मको फल” नामक नाटकको तयारी भइरहेको छ । विगत ९ वर्षदेखि कार्यक्रम संचालन भइरहेको छ । यस वर्ष विगत वर्षभन्दा पनि बढी दर्शकलाई मनोरञ्जन गराउने प्रयास गर्नेछौ भनेर कार्यक्रम संयोजक अमृता रानाले बताएकी छिन ।

कैलाली र कंचनपुर जिल्लाका हजारौं दर्शकको उपस्थिति कार्यक्रममा हुने गर्दछ । विगत वर्षमा कारणबस दर्शकलाई मनोरञ्जन गराउन सक्यौ सकेनौ तर यस वर्ष तपाईहरु उर्मा गाउ आउनुहोला आवस्य जनचेतनामुलक नाटक र सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन गराउने प्रयास गर्नेछौ । रेडियो पश्चिम् टुडे र रानाथारुको स्टेज कार्यक्रम संचालक सुरज रानाले कार्यक्रम संचालन गर्ने भनेर रानाथारु संस्कृति समुहका अध्यक्ष राम मिलन रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin