कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ को उर्मी गाउँ पश्चिम् टोलको आयोजनामा कार्तिक २९ गते साझँ कार्यक्रम हुने ।
दिपावलीको अवसरमा सो कार्यक्रममा सांस्कृतिक नृत्य स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । कैलाली र कंचनपुर जिल्लाका दर्शकहरुको उपस्थिति कार्यक्रममा हुने गर्दछ ।
रेडियो पश्चिम् टुडे र रानाथारुको स्टेज कार्यक्रम संचालक सुरज रानाले कार्यक्रम संचालन गर्ने भनेर उर्मी गाउँको पश्चिम् टोलका कार्यक्रम संयोजक राम सिंह रानाले बताएका छन ।