कंचनपुरको पुनर्वास नगरपालिका वडा नं १० बिकासबस्ती स्थित अलंकार प्र.बि.को प्राङ्गणमा रानाथारु हाजिरीजवाफ प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम नवयुग युवा क्लबको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा , विशिष्ट अतिथी पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कु. राना , पुनर्वास १० का वडा अध्यक्ष सुकदेव राना ,समाजसेवी ,बुद्धिजीवी ,शिक्षक ,कलाकार तथा समाजसेवी र नवयुग युवा क्लबको अध्यक्ष राजेश रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगितामा नयाँ गाउँ बिजेता ,रानाथारु कलाकार मञ्च उप-बिजेता र पिपारिया तृतीय स्थान सहित क्रमशः १५ हजार ,१० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।




सो प्रतियोगितामा १२ टिम सहभागी भएका थिए ।
प्रतियोगितामा धेरै कुराहरु नजानेका ज्ञान प्राप्त गर्न मिलेको छ । यस प्रतियोगिताले रानाथारुको भाषा कला संस्कृति संरक्षण गर्ने अवसर जुराएको भनेर प्रमुख अतिथी नगर प्रमुख तोय प्रसाद शर्माले बताएका हुन ।
विभिन्न खेल प्रतियोगिता हुन्छ तर शिक्षा क्षेत्रमा नवयुग युवा क्लबले गरेको यो हाजिरीजवाफ प्रतियोगिता सरहनिय छ । यो कार्यक्रमको आयोजना गर्दा नजानेका कुरा थहा पाए र संस्कृति सम्बन्धि पनि ज्ञान बढाएको भनेर विशिष्ट अतिथी नगर उप-प्रमुख भुलिया रानाले बताएका हुन ।
कार्यक्रम गर्दा जनसमुदायको उपस्थिति नभए बजेट छुट्टाएर के गर्ने ? आज यो प्रतियोगितामा उपस्थित हुदा केही शिक्षा क्षेत्रका ज्ञान बढ्थ्यो । कार्यक्रममा हामिले सहयोग गर्ने छौ भनेर विशिष्ट अतिथी पुनर्वास १० का वडा अध्यक्ष सुकदेव रानाले बताएका हुन ।
रानाथारु समुदाय कैलाली कंचनपुरमा १०० बढी रानाथारु गाउँ छन तर यस प्रतियोगितामा १२ टिम मात्र उपस्थित हुदा यहाँ शिक्षाको कमि लाग्छ । त्यसैले हामीलाई शिक्षा आवश्यकता छ भनेर सबैले बुझ्नुपर्छ भनेर नवयुग युवा क्लबका अध्यक्ष राजेश रानाले बताएका हुन ।
कार्यक्रममा निर्णायक , सहयोगी ,कलाकार , बुद्धिजीवीहरुलाई सम्मान गरेका थिए ।