३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

दिपावली विशेष पेनाल्टी सुटआउट प्रतियोगिताको बिजेता कालिका युवा क्लब मनेहरा

खबर सम्बाददाता २८ कार्तिक २०८०, मंगलवार
दिपावली विशेष पेनाल्टी सुटआउट प्रतियोगिताको बिजेता कालिका युवा क्लब मनेहरा

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा दिपावली विशेष पेनाल्टी सुटआउट प्रतियोगिता पटेला स्मार्ट क्लबको आयोजनामा सम्पन्न भएको छ ।

खेलको मध्यमद्वारा राष्ट्रिय अन्तरास्ट्रिय रुपमा खेलाडीहरुले आफ्नो क्षेत्रलाई चिनाएका छन । खेलाडीको खेल देखेर पहिचान गराउछन यसमा हामीले पनि सहयोग गर्ने भनेर प्रमुख अतिथी धनगढी उप-महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोति रानाले बताएका हुन ।

प्रतियोगितामा बिजेता र उप-बिजेता कलिका युवा क्लब मनेहरा भएको छ । क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा धनगढी-७ का वडा सदस्य बिक्रम खाती , निवर्तमान वडा सदस्य अर्जुन चौधरी , खेल संयोजक दिपेन्द्र चौधरी , नवज्योति कृषि सहकारी संस्था लि. का लेखापाल पृथ्वी राना , देवरिया स.व.उ.स. का कार्यालय सचिव खगेन्द्र राना , निर्णायक रुपक चौधरी , खेलाडी ,वडाबासी ,समाजसेवी ,बुद्धिजीवी र पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin