कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित नवज्योति कृषि सहकारी संस्था लि.को १५औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य मननिय प्यारेलाल राना, विश्ष्टि अतिथी धनगढी उपमहानगर पालिका वडा नंं. ७ का वडाअध्यक्ष मोति राना ,विशिष्ट अतिथी राष्ट्रिय सहकारी वैकका प्रतिनिधि दिनेश गेलालि,नमस्ते सहकारी संस्थाका प्रतिनिधि, देवहरिया सामुदायिक वन उपभोक्त समुह सचिब संगिना जागरी, देवहरिया गाउँका भलमन्सा जगन्नाथ राना संस्थाका अध्यक्ष तथा धनगढी ७ का पुर्व वडा अध्यक्ष सिताराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको शेयर पुजी १ करोड १६ लाख ७१ हजार १ सय रुपैया, शेयर सदस्य ८६१ जना र जगेडा कोषमा ५२ लाख २७ हजार १६३ रुपैया १३ पैसा रहेको छ । १२ करोड ४१ लाख १६ हजार ३४४ रुपैया ४४ पैसा निक्षेप संकलन रहेको छ । १० करोड ३० लाख ३५ हजार ५९४ रुपैया ९६ पैसा ऋण लगानी रहेको छ । १३ लाख ३१ हजार ८७४ रुपैया ४० पैसा मुनाफा आर्जन गरेका छौ भनेर नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष सिताराम रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मेघनाथ रानाले व्यक्त गरेका हुन । वार्षिक साधारण सभामा ६४३ जना शेयर सदस्यको उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रममा संस्थाले असल ऋणीहरुलाई सम्मान गरेको छ । सम्मान हुने शेयर सदस्यहरुमा पल्टुराम राना, महेन्द्र राना, राधेश्याम राना र अन्तराम चौधरी र कमैचारीहरु मध्येबाट सन्योबरी रानालाई सम्मानपत्र तथा दोसल्ला सहित सम्मान गरेको छ ।




यस संस्थाले सुपथ मूल्य पसल संचालन गरेको छ । त्यस पसलबाट सस्तो मुल्यमा समानहरु उपभोक्ताहरुलाई दिने गर्दछौ । कृषकको लागि रासायनिक मलहरु बितरण गर्ने गरेको छ । यस संस्थाले कृषकलाई सजिलै ऋण पनि दिने गरेको छ । धनगढी ७ का अध्यक्षले नगरपालिकामा किसानहरुलाई मलको अभाव नहोस भनेर अवाज उठाईदिनु हुन्छ भनेर प्रमुख अतिथी पुर्व संविधान सभा सदस्य प्यारेलाल रानाले मन्तव्य व्यक्त गरेका हुन ।

यो संस्था र संस्थाका पदाधिकारी , कर्मचारीहरु शुद्ध छन । यो सहकारीले छोटो समयमा र कम शेयर सदस्य बिच प्रगति गरेको छ । संस्थाले किसानहरुलाई ऋण दिने गरेको छ र सबैले यो संस्थामा आफुले गर्ने बचत गर्नुस कारोबार गर्नुस भनेर बिशिस्ट अतिथी धनगढी ७ का वडा अध्यक्ष मोती रानाथारुले मन्तव्य व्यक्त गरेका हुन ।
यो सहकारीमा कुनै शेयर सदस्यको धेरै रकमको शेयर नभएर पनि हामी यस उचाईमा पुग्न शेयर सदस्यले कारोबार गरेर सहयोग गरेका छन । हामीले ऋण लिदा आफुले आयस्रोत हुने क्षेत्रमा मात्रै ऋण लगानी गर्नुस । हामीले ऋण लिई गायब हुने काम नगरौ र समयमै ब्याज तिर्यौ भने हाम्रो संस्थाको अझै प्रगती हुनेछ । तपाईं ढुक्क संग कारोबार गर्नुस अरु सहकारी संस्था जस्तो हामी तपाईंको रकम लिएर कहि भाग्दैनौ हाम्रो घर ,जग्गा यहि छ तपाईं शेयर सदस्य ढुक्क हुनुहोस भनेर सभापती संस्था अध्यक्ष सितराम रानाले मन्तव्य व्यक्त गरेका हुन ।
संचालन सचिब भिराराम रानाले गर्नुभएको थियो ।