कञ्चनपुरमा सिढीबाट खसेर एक जनाको मृत्यु भएको छ । घर बनाउने क्रममा सिढी खसेर बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा ठेकेदार तथा मिस्त्रीसमेत रहेका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको हो ।
मंगलवार मत्यु भएको सन्तोषको शव पोस्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको बेलडाँडी गाउँपालिका–३ का वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीले बताएका छन।