२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीको त्रिनगरका विद्यार्थीहरु आन्दोलित

खबर सम्बाददाता १३ मंसिर २०८०, बुधबार
धनगढीको त्रिनगरका विद्यार्थीहरु आन्दोलित

शैक्षिकशत्रको बिचमा आएर शिक्षकलाई सरुवा गरेपछि धनगढीको त्रिनगर माध्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । विद्यालयमा शिक्षक आवश्यक परेको बेला भएका शिक्षकलाई पनि सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन ।

दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत त्रिनगरमा विज्ञान विषयका शिक्षक नेत्र कडायतको सरुवा भएको छ ।  विद्यार्थी संख्या अनुसार शिक्षकको संख्या कम भएको वेला अझ विज्ञान विषयका शिक्षकको सरुवा भएपछि आक्रोसित बनेका विद्यार्थीहरुले जिल्ला प्रसाशन कार्यालय हुदै धनगढी उपमाहानगरपालिका अगाडी आन्दोलन गरिरहेका छन ।

विद्यालयका तर्फबाट शिक्षक  कडायतलाई सरुवा नगरेर विज्ञान विषयकै अर्का शिक्षकलाई सरुवा गर्न लिखित निवेदन पेस गरेपनि नगरपालिकाले नमानेको विद्यार्थीहरुले गुनासो गरेका छन । नगरपालिकाले शिक्षक  कडायत सुरुवा खारेज नगरे सम्म विद्यालय बन्द गेरर आफुहरु आन्दोलन गरिरहने चेतावनि दिएका छन । साथै त्रिनगरमा थप २३ जना शिक्षक थपेर दिनु पर्ने माग पनि राखेका छन ।

विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले शिक्षक मिलानको क्रममा उपमहानगरपालिकाबाट दरबन्दी थप्नुपर्नेमा कटौति भएपछि विरोध भएको बताए। यस विद्यालयमा शिक्षकको दरबन्दी थप्नुपर्ने देखिएको छ तर भएकै दरबन्दी पनि कटौति भएपछि विरोध भएको हो, उनले भने।

उनका अनुसार दरबन्दी कटौति गरेर शिक्षक कडायतको सरुवा भएपछि विद्यार्थी आन्दोलित भएका हुन। त्रिनगरमा अहिले ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin