२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय छ: नगर प्रमुख ओझा

खबर सम्बाददाता १९ मंसिर २०८०, मंगलवार
समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय छ: नगर प्रमुख ओझा

समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय रहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।
२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबैभन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका छन् ।


नगरप्रमुख ओझा भन्छन् पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि नगरका ९ वटै वडामा १०३ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ ।
सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्दै नगरप्रमुख ओझाले हलभित्र उहाँहरुलाई बिदाई गरेपनी हल बाहिर जानेबित्तिकै पुनः सेवामा नै निस्वार्थ रूपमा जोडिने बताउँदै समाजबाट उहाँहरुलाई अलग्याउन नसकिने नगरप्रमुख बताउँछन् ।


२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाका विभिन्न वडामा कार्यरत १८ जना स्वयंसेविका सेवा निवृत्त भएका छन । जसमध्ये ७ जना उमेर हदका कारण अनिवार्य अवकाश र ११ जना स्वास्थ्य स्वयंसेविकाले स्वैच्छिक अवकाश लिएका छन् ।

नगरपालिकाले उहाँहरुको बिदाइ कार्यक्रम स्मरणीय बनाएको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका ७ जना स्वास्थ्य स्वयंसेविकालाई जनही एक /एक लाख र विविध कारणवस स्वैच्छिक अवकाश लिएका ११ जना स्वास्थ्य स्वयंसेविकालाई जनही पचास /पचास हजार नगरपालिकाले प्रदान गर्नेछ ।
कार्यक्रममा अवकाश भएका १८ वटै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र दोसल्ला सहित नगरप्रमुख ओझाले बिदाई गरेका हुन । कार्यक्रममा नगर उपप्रमुख दोपती राना,वडा न.५ का अध्यक्ष टेक पाण्डेय ,कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखा र विभिन्न स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
त्यसअघि नगरपालिकाको प्रांगणमा जम्मा भएका नगरभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाको कार्यालयदेखि गुलरिया चौराह र गुलरीया चौराहदेखी नगरपालिकासम्म जनचेतनामूलक ¥याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित ¥यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin