“स्वास्थ्य क्षेत्रमा दिगो विकास : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा लालझाडी-२ का वडा अध्यक्ष तथा प्रवक्ता आशाराम रानाको अध्यक्षतामा, प्रमुख अतिथी कंचनपुर क्षेत्र नं १ का संघिय सांसद माननिय तारा लामा तामाङ, विशिष्ट अतिथी लालझाडी गा.पा. अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, अतिथी नि.प्र.प्र.अ. सिद्धराज भट्ट ,लालझाडी-३ का वडा अध्यक्ष टिकाराम डगौरा ,स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी,स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुह का प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागीतामा बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ ।