कैलालीको धनगढी-७ स्थित मनेहरामा मनेहरा सामुदायिक वन उपभोक्ता समुहको १५ औं वार्षिक साधारण सभा आज सनिवार धनगढी-७ का वडा अध्यक्ष तथा समुहका अध्यक्ष मोती रानाथारुको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सव-डिभिजन वन कार्यालय धनगढी ,कैलालीका प्रमुख गोपी कृष्ण जोशी , विशिष्ट अतिथी धनगढी-८ का वडा अध्यक्ष जुगराम चौधरी , धनगढी १२ का वडा अध्यक्ष शेर बहादुर महरा , शिवनगर खानेपानीका अध्यक्ष राजेश खाती , जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष बस्याल , सशस्त्र प्रहरी ३४ नं गणका सई सुरज देउवा , रेडक्रस सोसाइटीका सभापति बासुदेवी बिनाडी , अतिथी बेली वन समुहका अध्यक्ष लाल ब. खलौला , भलमन्सा , समाजसेवी ,बुद्धिजीवी तथा उपभोक्ता सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

आ.व. ०७९/०८० आयव्यय ३१ लाख ७९ हजार ६३ रुपैया ७६ पैसा बराबरको रहेको भनेर समुहका कोषाध्यक्ष दिनेश ब. सिंहले प्रस्तुत गरेका थिए ।
यस वनबाट भएको आम्दानीबाट तपाईंहरुले विभिन्न शिर्षकमा खर्च गरिरहनु भएको छ । यस मनेहरा सामुदायिक वनको संरक्षण तपाईहरुले गर्नुहुन्छ भने उपभोग पनि तपाईंले गर्न सक्नुहुन्छ । सम्पुर्ण उपभोक्ता सदस्यहरुले वनको संरक्षण गर्नुपर्छ भनेर प्रमुख अतिथी सव-डिभिजन वन कार्यालय धनगढी ,कैलालीका प्रमुख गोपी कृष्ण जोशी मन्तव्य व्यक्त गरेका हुन ।
यस सामुदायिक वनको आम्दानीबाट समाजिक क्षेत्रमा पनि धेरै सहयोग गर्न पाएका छौ । एउटा बोटलाई हुर्काउनको लागि धेरै समय लाग्छ यहाँ हामीले नै बिरुवा हुर्काउन जानेका छैनौ तर बिरुवालाई काट्न जानेका छौ । हामीले संरक्षण गर्ने हो नोक्सान गर्ने होइन । हाम्रो वनमा आगो लाग्दा प्रहरीले हामीलाई आगो निभाउन धेरै सहयोग गरेका छन धन्यवाद पनि दिन चहान्छु । यस मनेहरा सामुदायिक वनले आफ्नै लगानीमा चन्द्रमुखी ताल बनाएको छ सबैले अवलोकन गरिदिन भनेर सभापति धनगढी-७ का वडा अध्यक्ष तथा समुहका अध्यक्ष मोती रानाथारुले मन्तव्य व्यक्त गरेका हुन ।

कार्यक्रममा विशिष्ट अतिथी धनगढी-८ का वडा अध्यक्ष जुगराम चौधरी , शिवनगर खानेपानीका अध्यक्ष राजेश खाती , रेडक्रस सोसाइटीका सभापति बासुदेवी बिनाडी , अतिथी बेली वन समुहका अध्यक्ष लाल ब. खलौला , राष्ट्रिय तथा अन्तरास्ट्रिय उसु प्रशिक्षक रतन खातीले शुभकामना मन्तव्य र समुहका उपाध्यक्ष मैना मल्ल पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।