२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

माघ महोत्सव २०८० मा. मन्त्री रमेश धामीद्वारा उद्घाटन

खबर सम्बाददाता २९ पुष २०८०, आईतवार
माघ महोत्सव २०८० मा. मन्त्री रमेश धामीद्वारा उद्घाटन

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा माघ महोत्सव २०८० थारु सांस्कृतिक संग्रहालय व्यवस्थापन समितीको आयोजनामा धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारुको अध्यक्षतामा महोत्सव उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका मन्त्री मा. रमेश सिंह धामी , विशिष्ट अतिथी धनगढी-१८ का वडा अध्यक्ष भुवन रिजाल , धनगढी-७ का निवर्तमान अध्यक्ष सिताराम राना , नवज्योति कृषि सहकारी संस्था लि. का लेखा संयोजक युवा नेता भिम पडाल , वडा सदस्य , निवर्तमान वडा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि , थारु महालोक गायक मनिराम चौधरी , गायिका आरजु चौधरी ,गायक राजु चौधरी , समाजसेवी ,बुद्धिजीवी , तथा स्थानीयको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको छ ।

हामीले देवरिया पटेलाको बाटो बनाउनको लागि कदम चालिरहेका छौ । हामीलाई विकास गर्नकै लागि तपाईले यस स्थानमा पठाउनु भएको छ । यस संग्रहालयलाई पनि के कस्तो विकास गर्नुपर्छ भनेर व्यवस्थापन समितीसंग बस्छौ भनेर थारु समुदायको विकास बारे प्रमुख अतिथी मा. मन्त्री रमेश सिंह धामीले मन्तव्य व्यक्त गरेका हुन ।

कार्यक्रममा स्वागत मन्तव्य धनगढी-७ का वडा सदस्य विके राम खाती , धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना, वडा सदस्य अर्जुन चौधरी , नवज्योति सहकारी संस्था लि.का लेखा संयोजक भिम पडाल, धनगढी-१८ का वडा अध्यक्ष भुवन रिजाल , धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारुले शुभकामना मन्तव्य व्यक्त गरेका हुन ।


कार्यक्रममा थारु महालोक गायक मनिराम चौधरी , गायिका आरजु चौधरी ,गायक राजु चौधरी , स्थानीय लोक प्रस्तुति र रानाथारुको होरी नाचको समेत प्रस्तुति रहेको थियो ।
सो महोत्सव माघ १ गते समापन हुने भनेर आयोजकले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin