कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा माघ विशेष फुटबल प्रतियोगिता २०८० पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि धनगढी ७ का वडा अध्यक्ष मोती रानाथारु , विशिष्ट अतिथी वडा सदस्य विके राम खाती , पटेला सा.व.उ.स. का अध्यक्ष अर्जुन चौधरी , अतिथी प्रमुख अतिथी रुपक चौधरी समाजसेवी ,बुद्धिजीवी , खेलाडीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।


प्रतियोगिता पुष २८ गतेदेखि माघ १ गतेसम्म ३ दिन प्रतियोगिता रहेको थियो । प्रतियोगितामा पटेला A टिम विजेता र मनेहरा B टिम उप-विजेता भएको छ । क्रमशः प्रथम पुरस्कार १२ हजार र दोस्रो पुरस्कार ६ हजार रहेको थियो । उदयमान खेलाडीको रुपमा प्रविन चौधरीलाई सम्मान गरेका हुन । प्रतियोगितामा ८ वटा टिम धनगढी ७ का मात्र सहभागी भएका थिए ।