कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ८ मा वडा स्तरिय माघी विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ८ काे प्राङ्गणमा चौधरी थारू समाजको आयोजनामा फिरिया चौधरीको अध्यक्षतामा भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कुष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, विशिष्ट अतिथि कृष्णपुर नगरपालिका नगर उपप्रमुख द्राेपती राना, कञ्चनपुर जिल्ला समन्वय समिति सदस्य जय सिंह बिष्ट, कृष्णपुर ८ का अध्यक्ष दिनेश खड्का, स्थानिय समाजसेवीहरु , मदन नेपाली, प्रेणा पाण्डे, लेखराज जाेशी, अम्बिका चौधरी, शिक्षक खडक साउद, समाजसेवी लालबहादुर चौधरी, वडा सदस्य फुलराम चौधरी,कृष्णा लुहार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कृष्णपुर ८ का विभिन्न टोलहरुबाट थारु समुदायको विभिन्न सांस्कृतिक नाचहरुको प्रस्तुति रहेको थियो । कार्यक्रम संचालिका श्रीशा राना रहेकी थिइन ।