३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कञ्चनपुरको विद्यालयमा आगजनी हुँदा चार लाख बढीको क्षति

खबर सम्बाददाता १२ पुष २०७७, आईतवार
कञ्चनपुरको विद्यालयमा आगजनी हुँदा चार लाख बढीको क्षति

कञ्चनपुर, १२ पुस । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा शनिवार आगजनी हुँदा रु चार लाख बढीको क्षति भएको छ ।

आगजनीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगमा दमकलको प्रयोग गरी आगलागी नियन्त्रण गरिएको उनले बताए ।

विद्यालयमा आगलागीबारे अनुसन्धानको कार्य भैरहेको र अहिलेसम्म आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin