३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कृष्णपुरमा करार कर्मचारी भर्ना स्थगित

खबर सम्बाददाता २९ माघ २०८०, सोमबार
कृष्णपुरमा करार कर्मचारी भर्ना स्थगित

कृष्णपुर नगरपालिकाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा स्थगित गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी हेल्थ असिस्टेन्ट पाँचौ तहको करार कर्मचारी भर्ना प्रक्रिया हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।

नगरपालिकाले गत मंसिर १८ गते प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट पाँचौ तहमा ८ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार फागुन २ गते लिखित परीक्षाको कार्यतालिका थियो । प्राविधिक कारणले तोकिएको मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सुचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin