३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

बेलौरीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम

खबर सम्बाददाता ११ फाल्गुन २०८०, शुक्रबार
बेलौरीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम


राष्ट्रिय कार्यक्रम अनुरूप सञ्चालन हुन लागेको दादुरा रुबेला खोप सम्बन्धी कञ्चनपुरको बेलौरीमा पनि व्यापक तयारी भइरहेको छ । बेलौरीमा नगरपालिका स्वास्थ्य शाखा, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरी दादुरा रुबेला खोप सम्बन्धी जानकारी गराइएको छ । यसैक्रममा शुक्रबार बेलौरी नगरपालिका र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी सरोकारवालाहरूसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका कार्यालयको सभाहलमा सञ्चालित नगरस्तरीय अभिमुखिकरण कार्यक्रममा बेलौरी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका प्रमुख जय सिंह बोहराले राष्ट्रिय कार्यक्रम अनुरूप बेलौरी नगरपालिका कार्यालय स्वास्थ्य शाखाले समेत खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । फागुन १३ गतेदेखि फागुन २३ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा बेलौरी नगरपालिकाको १० वडाका ५८ स्थानबाट खोप प्रदान गरिने छ । ९ महिनादेखि १५ वर्षमुनिका करिब १५ हजार बालबालिकालाई खोप दिइने छ ।

त्यस्तै, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सरोकारवालाहरूसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सहभागीहरूलाई प्रशिक्षण दिँदै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख गोविन्द बहादुर बिष्टले यो अभियान सफल पार्न सबैको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । कञ्चनपुरमा ३८ जना बालबालिकामा दादुरा–रुबेला रोग देखिएपछि पूर्ण निर्मलका लागि अभियान नै सञ्चालन गर्नुपरेको छ । विद्यालय तथा नियमित खोप केन्द्र मार्फत खोप सञ्चालन गरिने छ । परिवार सहित आउने भारतीय बालबालिका, जो इँटा उद्योग सहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन्, ती बालबालिका खोपबाट वञ्चित हुने अवस्थामा जोखिम कायमै रहेकोले अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप दिनु अनिवार्य छ । बेलौरी नगरपालिका कार्यालयले दादुरा रुवेला रोग विरुद्धको राष्ट्रिय खोप अभियानका लागि सहयोग गर्न सबैलाई आव्हान गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin