७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

गेटवे एकेडेमीको ५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

खबर सम्बाददाता २० फाल्गुन २०८०, आईतवार
गेटवे एकेडेमीको ५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


धनगढी, फागुन २०
धनगढीमा रहेको गेटवे एकेडेमी मन्टेश्वरी विद्यालयको ५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाटर टिएन जोशीको प्रमुख आतिथ्यतामा आइतबार बार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न भएको हो।
वार्षिक उत्सवमा बोल्दै प्रमुख अतिथि उपकुलपति जोशीले वालवालिकाको शैक्षिक र सांस्कृतिक सिकाई देख्न पाउँदा खुशी व्यक्त गरे। उनले विद्यालयसंगै मुल्य मान्यतामा आधारित शिक्षा दिन अभिभावकले पनि ख्याल गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा उत्कृष्ट सहकार्य गर्ने अभिभावक सुवास चन्द्र उपाध्याय र दस्पक पाण्डयलाई सम्मान गरिएको थियो। यस्तै उत्कृष्ट काम गर्ने सोही विद्यलयका शिक्षक माया चन्द, लक्ष्मी बोहरा, कर्मचारीहरु दिनेश चौधरी र निर्मला जोशीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा दुई कक्षासम्मका कलिला वालबालिकाहरुले आफ्ना प्रतिभा देखाएका थिए। कक्षा उन्नती भएकालाई दिक्षित गरिनुका साथै उत्कृष्ट नतिजा, हाजिरी र सरसफाई विधामा विद्यार्थीहरु पुरस्कृत भएका थिए।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष महानन्द पडालले मन्टेश्वरी शिक्षाले अहिलेको समय सुहाउदो शैक्षिक जग तयार पार्न सक्ने बताए। कार्यक्रममा एलायन्स कलेजका निर्देशक उत्तम भण्डारी, धनगढी–५ का अध्यक्ष गजेन्द्र शाही, मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष शान्ती भट्ट, उसु महासंघका केन्द्रीय सदस्य दिनेशराज भट्ट, पत्रकार शुशील ढुंगाना लगायतको सहभागिता रहेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin