७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लालसलाम कप प्रदेश क्याम्पसस्तरिय भलिबल प्रतियोगिता हुने

खबर सम्बाददाता १४ चैत्र २०८०, बुधबार
लालसलाम कप प्रदेश क्याम्पसस्तरिय भलिबल प्रतियोगिता हुने


धनगढी, चैत १४
सुदूरपश्चिमको राजधानी धनगढीमा प्रथम लालसलाम कप प्रदेश क्याम्पसस्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। २०८१ सालको बैशाख १५ देखि २२ गतेसम्म धनगढी कभर्डहलमा प्रदेशका विभिन्न जिल्लाका क्याम्पसहरुबीच भलिबल प्रतियोगिता हुने आयोजक अनेरास्ववियू (क्रान्तिकारी) कैलाली जिल्ला समितिले जनाएको छ।
प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेका छ। विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ।
प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट ३० टिमको सहभागिता रहने आयोजकको ठम्याई छ। प्रतियोगिताको लागि टिकापुर भलिबल ट्रोनिङ सेन्टरले सहकार्य गरेको आयोजक अनेरास्ववियू (क्रान्तिकारी) कैलाली जिल्ला समितिका अध्यक्ष शिवराज सञ्ज्यालले बताए। उनले हरेक टिमले ९ जना खेलाडीसहित एकजना प्रशिक्षक र एकजना व्यवस्थापक हुनुपर्ने बताए। भलिबल संघको नियमअनुसार खेल खेलाइने उनले बताए।
१५ लाख ५५ हजारको लगानीमा प्रतियोगिता गर्न लागिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin