कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ मा २ दिने मनोसामाजिक अपाङ्गता सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रम कोशिश-कैलालीको आयोजना , धनगढी उप-महानगरपालिका वडा बं १५ को सहकार्यमा र संस्थाका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी धनगढी-१५ का वडा सदस्य दल बहादुर रोकाया ,विशिष्ट अतिथी राष्ट्रिय अपङ संघ सुप प्रदेश अध्यक्ष मान बहादुर साउद , समाजसेवी, बुद्धिजीवी , स्थानिय , भलमन्सा तथा प्रशिक्षकको उपस्थिति रहेको थियो ।


सोही कार्यक्रम धनगढी-१९ मा पनि सम्पन्न भैसकेको छ । कार्यक्रममा डिप्रेसन , मनोसामाजिक अपाङ्गताको पहिचान गर्ने र परामर्श दिने उद्देश्यले आयोजना गरेको हो । कार्यक्रम बैशाख ७ र ८ गते रहको भनेर संस्थाका अध्यक्ष मनोज चौधरीले जानकारी दिएका हुन ।