१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालसलाम कपकाे उद्घाटन खेलमा AMC विजयी

खबर सम्बाददाता २० बैशाख २०८१, बिहीबार
लालसलाम कपकाे उद्घाटन खेलमा AMC विजयी


प्रथम लालसलाम कप भलिबल प्रतियोगिताकाे उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी भएको छ। धनगढीस्थित रंगशालामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसले नाष्ट कलेजलाई २–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नाष्टमाथि एएमसीले एकतर्फी जित निकालेको हो।


पहिलाे सेटमा २५-१३ र दाेस्राे सेटमा १५-२१ले नाष्टलाई पछि पार्दै ऐश्वर्यले साेजाे सेटले जित निकालेकाे हाे।
अनेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख २० देखि २४ गतेसम्म धनगढी रंगशालामा प्रदेशका विभिन्न क्याम्पसहरूबीच भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हाे।


प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेको क्रान्तिकारी कैलाली जिल्ला समितिले जनाएको छ।


विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा सुदूरपश्चिमका १४ क्याम्पसका टिमको सहभागिता रहेको छ। प्रतियोगितामा नकआउटका खेलहरू सुरू भएका हुन्। प्रतियोगितामा युथ अफ टिकापुर, ओम श्रीनगर स्पाेर्टसकाे सहकार्य र आयोजक अनेरास्ववियू कैलाली जिल्ला समिति रहेकाे छ। शुक्रबार बिहान ७ बजे केएमसी ए र बालजागृत र ९ बजे दुर्गालक्ष्मी बहुमुखी र केएमसी बीका बिच खेल हुनेछन्।यस्तै दिउँसो ३ बजे त्रिनगर र केदारज्याेती र ५ बजे दिपेन्द्र मावी र दुर्गा माविविच खेल हुनेछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin