कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहराको खेल मैदानमा कालिका स्पोर्ट क्लबको आयोजना ७ नं वडा कार्यालयको मुख्य प्रवर्द्धनमा र बसन्त राज गिरीको अध्यक्षताका प्रथम वडा अध्यक्ष कप-२०८१ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति राना थारु , विशिष्ट अतिथी धनगढी-८ का वडा अध्यक्ष जुगराम चौधरी , धनगढी-१२ का वडा अध्यक्ष शेर बहादुर महरा , जिल्ला खेलकुद विकास समितिका अन्तरास्ट्रिय प्रशिक्षक रतन खाती , अतिथी धनगढी-७ का वडा सदस्य बासु रानाथारु , इन्द्रा देवी लोहार , भलमन्सा , पधना , विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा १६ वटा टिम बिच कडा प्रतिस्पर्धा हुने छ । प्रथम र दोस्रो पुरस्कार क्रमशः ६० हजार र ३० हजार नगद सहित ट्रफी रहेको छ । प्रतियोगिता बैशाख २९ गते समापन हुने भनेर सभाध्याक्ष बसन्त राज गिरीले बताएका हुन ।