१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

कृष्णपुरमा महिला उद्घोषण तालिमको उद्घाटन

खबर सम्बाददाता १४ जेष्ठ २०८१, सोमबार
कृष्णपुरमा महिला उद्घोषण तालिमको उद्घाटन

कंचनपुरको कृष्णपुर नगरपालिकामा महिला उद्घोषण तालिम कृष्णपुर नगरपालिकाको आयोजनामा वडा नं १,२,३ मा कृष्णपुर-२ को सभाहलमा वडा नं २ का वडा अध्यक्ष अर्जुन सिंह साउदको अध्यक्षतामा उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती राना , विशिष्ट अतिथी कृष्णपुर-३ का वडा अध्यक्ष खेमराज चौधरी , प्रशिक्षक प्रेरणा पाण्डे , पत्रकार तथा प्रशिक्षार्थीको उपस्थिति रहेको थियो ।

महिलाले आफ्नो कुरा सबैको अगाडि बोल्न नसक्ने डराउने र उद्घोषकको उत्पादनको लागि कृष्णपुर नगरपालिकामा ९ वडामा महिला उद्घोषण तालिम संचालन गरेका छौ भनेर प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती रानाले मन्तव्य व्यक्त गरेकी हुन ।

कार्यक्रममा प्रशिक्षार्थीहरु यो तालिममा सहभागी हुन पाउँदा धन्यवाद व्यक्त गरेका हुन । महिला उद्घोषण तालिम प्रथम चरण वडा नं १,२,३ को वडा नं २ को सभाहलमा २०८१ जेष्ठ १४ गतेदेखि १७ गतेसम्म , दोस्रो चरण वडा नं ४,५,६ को नगरपालिकाको सभाहलमा जेष्ठ १८ गतेदेखी २१ गतेसम्म र तेस्रो चरण वडा नं ७,८,९ को वडा नं ८ को सभाहलमा जेष्ठ २२ गतेदेखी २५ गतेसम्म विहान ८ बजेदेखि संचालन हुने छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin