१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडीमा गाउँपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ६ असार २०८१, बुधबार
लालझाडीमा गाउँपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

कंचनपुरको लालझाडी गाउँपालिकामा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम लालझाडी गा.पा. अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा , विशिष्ट अतिथी लालझाडी गा.पा. उपाध्यक्ष सपना चौधरी राना , विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , अतिथी लालझाडी १ देखि ६ सम्मका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , स्वास्थ्य शाखा कंचनपुरका प्रतिनिधि , WHO का प्रतिनिधि , UNICEF का प्रतिनिधि , १-६ वडाका स्वास्थ्य शाखा प्रमुख , स्वयंसेविका , शिक्षकको उपस्थितिमा रहेको थियो ।

लालझाडी गाउँपालिकामा राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाको उमेर भित्र बालबालिका सबै खोप लगाएको र १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोप लगाएर पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।

लालझाडी गाउँपालिका स्वास्थ्यमा उत्कृष्ट पालिका हो । यस पालिकामा आज पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सबै वडाका वडा अध्यक्ष , स्वास्थ्य शाखा प्रमुख तथा स्वयंसेविकाहरु उपस्थित छन सम्पुर्णलाई बधाई दिन चहान्छु । लालझाडी गाउँपालिकालाई पुर्ण खोप घोषणा गराउनमा स्वास्थ्यकर्मीहरुको अतुलनीय योगदान रहेको छ भनेर प्रमुख अतिथी जिल्ला समन्वय समिती संयोजक दुर्गा दत्त बोहराले मन्तव्य व्यक्त गरेका हुन ।

कार्यक्रममा सहयोग गर्नुहुने १-६ वटै वडाका वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मानित गरेका हुन । कार्यक्रम संचालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin