कंचनपुरको बेलौरी नगरपालिका वडा नं ७ स्थित गणेशपुरमा सावनको डोला और तिज मिलन कार्यक्रम रानाथारु चाडपर्व संस्कृति हकहित संरक्षण समितीको आयोजनामा पुरन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी संबिधान सभा सदस्य तथा सुप प्रदेश सभा सदस्य मा. दिवान सिंह विष्ट , विशिष्ट अतिथी बेलौरी-७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ ,बेलौरी-८ का वडा अध्यक्ष बिषराम राना , नेपाल रानाथारु समाज कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर राना , बेलौरी नगर भलमन्सा समिती उपाध्यक्ष राम लाल राना , महाधिवेशन प्रतिनिधि समाजसेवी सागर राना , विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।


कार्यक्रम संचालन रानाथारु समुदायकि चर्चित कार्यक्रम संचालिका श्रीशा रानाले गरेकी थिइन ।