कंचनपुरको बेलौरी नगरपालिका वडा नं ५ स्थित उदयपुरमा रानाथारु तिज मिलन कार्यसमितीको आयोजना बेलौरी-५ को आर्थिक सहयोगमा बिस्ना रानाको अध्यक्षतामा रानाथारु तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , विशिष्ट अतिथी बेलौरी-८ का वडा अध्यक्ष बिशराम राना , अतिथी बेलौरी-५ का वडा सदस्य शंकरु राना , कृपा राम चौधरी , सीता बि.क. , बेलौरी-२ वडा सदस्य नारदमुनी राना , सावित्री सार्की , नेपाल रानाथारु समाज कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर राना , उल्दपुर युवा जनशक्तिका अध्यक्ष नरेश राना ,चर्चित गायक तथा नायक रामदेव राना , गायिका सीता राना , बेलौरी नगर भलमन्सा समितीका उपाध्यक्ष टेकराज राना , शिक्षक जानमती राना , भलमन्सा , विभिन्न संघ संस्थाका प्रतिनिधि , वडा नं ५ मा पर्ने भकुण्डा ,बन्तरिया र उल्दपुरका स्थानीयको उपस्तिथि रहेको थियो ।


बेलौरी वडा नं ५ मा ३ गाउँ बन्तरिया , उदयपुर र भकुण्डाका चाकर र भररा(गुरुवा) लाई दोसल्ला सहित सबैलाई घडी सम्मान गरेका हुन ।
रानाथारु समुदायका चर्चित गायक तथा नायक रामदेव राना , गायिका सिता राना र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । उल्दपुर युवा जनशक्ति क्लबले विशेष सहयोग गरेको भनेर आयोजकले बताएका हुन ।


कार्यक्रम संचालन श्रीशा रानाले गरेकी थिइन ।