कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं १ नौरांगा को फुटबल खेल मैदानमा रानाथारु विशेष तिज कार्यक्रम पार्वती रानाको अध्यक्षतामा लालझाडी गाउँपालिकाको अअर्थिक सहयोगमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विर बहादुर थापा (पातल) विशिष्ट अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना,वडा नं १ को वडा अध्यक्ष प्यारे लाल राना , वडा नं १ का भलमंसा, पधना,समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मा. मन्त्री थापाले रानाथारु को पहिरन ,आफ्नो संस्कृति ,भेषभुषा को जगेर्ना गर्न जोड दिने बताउनु भएको थियो ।
कार्यक्रम मा विभिन्न संस्कृति झल्कने रानाथारु को पहिरनमा स्थानीय दिदी बहिनीले नृत्य हरु प्रस्तुत गरेका हुन । कार्यक्रम समितिकि सचिव मुना राना ले सञ्चालन गरेकी थिइन ।