१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

धनगढी-१५ कनरीमा गुरही असरैना कार्यक्रम-२०८१ सम्पन्न

खबर सम्बाददाता २५ श्रावण २०८१, शुक्रबार
धनगढी-१५ कनरीमा गुरही असरैना कार्यक्रम-२०८१ सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित कनरी मिलन चोकमा पहिलो पटक गुरही असरैना कार्यक्रम-२०८१ कनरी गाउँ समाज ओ टोल विकास समितिको आयोजना भिखुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-१५ का वडा अध्यक्ष सुकदेव राना , विशिष्ट अतिथी धनगढी-१५ का वडा सदस्य तथा कार्यपालिका सदस्य सुष्मा चौधरी , वडा सदस्य दल बहादुर रोकाया , कोशिश कैलालीका अध्यक्ष मनोज चौधरी , कनरी गाउँका भलमन्सा अश्रानी चौधरी , कनरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरि नारायण चौधरी , जनजागृती आ.वि. का अध्यक्ष बृत कुमार चौधरी समाजसेवी , बुद्धिजीवी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

गुरही पर्वमा रोगव्याधीलाई निर्मुल गर्ने तथा नाकारात्मक सोचलाई हटाई नविनतम र सकारात्मक सोच विजारोपन गर्ने पर्वको रुपमा लिने गरिएको छ। विशेष गरेर गुरही एक प्रकारको किराको नाम हो । यो किरालाई नेपाली भाषामा गाईनेकिरा भनिन्छ। गर्मीयाममा गाउँघरमा व्याप्त दुषित किटाणु तथा मच्छरलाई अफ्नो आहारा बनाएर यो किराले वातावरण सरसफाईमा टेवा पुर्‍याउने गरेको छ ।

गुरही पर्वमा कार्यक्रम गर्दा युवा पुस्ताले पनि गुरही भनेको के हो भनेर बुझ्न सक्छन र यसले गर्दा संस्कृति संरक्षण हुने भनेर प्रमुख अतिथी धनगढी-१५ का वडा अध्यक्ष सुकदेव रानाले बताएका हुन ।

कार्यक्रममा कनरी सामुदायिक वन उपभोक्ता समूह र शैलेन्द्र वर्क सप कनरीले सहयोग गरेको थियो । धनगढी-१५ कनरीमा गुरही असरैना कार्यक्रम पहिलो पटक गरिरहेका छौ । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको भनेर आयोजकले जानकारी गरेका हुन । कार्यक्रम संचालन करिश्मा चौधरीले गरेकी हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin