१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

सडक र सदनमा नाराबाजीका बिच सुदुरपश्चिममा निजामती ऐन संशोधन विधेयक पारित

खबर सम्बाददाता ४ भाद्र २०८१, मंगलवार
सडक र सदनमा नाराबाजीका बिच सुदुरपश्चिममा निजामती ऐन संशोधन विधेयक पारित

सडकमा सरोकारवाला समुदायको विरोध र सुदूरपश्चिम प्रदेश सभामा सांसदहरूको विरोधका बिच प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारित गरिएको छ ।

मंगलबार सुदूरपश्चिमका थारु/रानाथारु समुदायले आफूहरूको जनसंख्याको आधारमा समावेशी आरक्षण कोटा निर्माण गरिनुपर्ने भन्दै धर्ना दिएका थिए । उता प्रदेश सभामा संशोधन गर्न बनेको विधेयकलाई सांसदहरूको नाराबाजीसहित विरोधका बिच पारित गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दफावार छलफलको लागि पेस गरेको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले विरोध जनाएका थिए । नेकपा एमालेका सांसद चक्र मल्ल र काँग्रेसकी सांसद तुलसा देवकोटाले प्रस्तावको पक्षमा बोलेका थिए ।

तर सांसदहरूको नाराबाजीका बिच सभामुख भीमबहादुर भण्डारी ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको घोषणा गरेका थिए ।

यसैबिच प्रदेश सभामा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । नागरिक उन्मुक्ति पार्टीका सांसदहरू नाराबाजीसहित रोष्टम घेराउ गर्न पुग्दा मर्यादा पालकहरूले रोकेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin