कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं १० स्थित जुगेडा गाउँमा संयुक्त राना जनचेतना परिवारको आयोजनामा जुगेडा कप-२०८१ भलिबल प्रतियोगिता असोज १ गतेदेखि ५ गतेसम्म हुने बताएका हुन ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख १ हजार , दोस्रो पुरस्कार रु. ५५ हजार , तेस्रो पुरस्कार रु. २१ हजार रहेको छ ।खेल नक आउट मार्फत खेलाइने छ । टिम दर्ता भदौ ३१ गतेसम्म गर्न सकिने टिम दर्ता शुल्क रु. ३ हजार रहेको बताएका हुन ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा भारतको उत्तराखण्ड , उत्तरप्रदेश र नेपालको विभिन्न प्रदेशबाट खेलाडीहरु प्रतियोगितामा उपस्थिति हुन्छ । यस प्रतियोगिताबाट धेरै स्थानीय खेलाडीहरुको उत्पादन भैरहेको भनेर संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रवि रानाले बताएका हुन ।