आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ ! “दृष्टिकोण बदलौ”
आत्महत्या रोकथाम दिवस-२०८१ को अवसरमा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम धनगढी उप-महानगरपालिका वडा नं ११ बेला स्थित दक्षिणकाली बहिरा आवासिय आधारभूत विद्यालयमा धनगढी उप-महानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य निर्देशनालय सुप प्रदेश र कोशिश नेपालको सहकार्यमा मनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

नेपालमा आर्थिक वर्ष ०८०-०८१ मा ७२२३ जनाले आत्महत्या गरेका छन । जसमा सुदुरपश्चिम प्रदेशमा ५५५ जनाले आत्महत्या गरेका छन । अहिलेको समयमा आत्महत्याको संख्या बढ्दै गैरहेको भनेर आत्महत्या न्यूनीकरणको लागि पशुपति खातीले प्रस्तुतीकरण गरेकी थिइन ।
मानसिक स्वास्थ्यको बारेमा सदिक्षा चौधरीले प्रस्तुतीकरण गरेकी थिइन ।

हाम्रो वडाको यस विद्यालयमा आत्महत्या रोकथामको बारेमा सम्पुर्ण विद्यार्थीलाई जानकारी गराउनु भयो र विद्यार्थीहरुले पनि आत्महत्या न्यूनीकरण गर्न मद्दत गर्ने छन भनेर प्रमुख अतिथी धनगढी-११ का वडा सदस्य लाल बहादुर महतले मन्तव्य व्यक्त गरेका थिए ।
आत्महत्या न्यूनीकरण दिवस प्रत्येक विद्यालयमा १९ वटै वडामा भैरहेको छ । यो विद्यालय बहिरा बालबालिकाहरु अध्ययन गर्ने भएकोले मानसिक र शारिरिकमा कुरामा समस्या भएको कारणले आत्महत्याको सोच आउनसक्ने भएकोले हामि आत्महत्या न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर अन्तरक्रिया गरेका छौ भनेर सभाध्याक्ष मनोज चौधरीले मन्तव्य व्यक्त गरेका हुन ।


आत्महत्या के हो भनेर हाम्रा विद्यार्थीहरुले सिक्न पाएका छन । आत्महत्यालाई रोकथाम कसरी गर्ने विद्यार्थीहरुले नकारात्मक पक्षबाट टाढिने छन भनेर भनेर प्र अ सिताराम चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।