कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा बस्ने भलिबल खेलाडी अशोक राना श्रीलंकामा हुने CAVA U-20 पुरुष भलिबल प्रतियोगिता-२०२४ मा छनौट भएको छ ।

सुदुर पश्चिम प्रदेशबाट उक्त प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेशबाट ३ जना अशोक राना , सुरेश मल्ल र अर्जुन नेपाली छनौट भएका हुन ।