कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १० स्थित जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा जुगेडा कप-२०८१ भलिबल प्रतियोगिता भगिरथ रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सुप खेलकुद परिषदका सदस्य सचिव दिपक बा. सिंह , विशिष्ट अतिथी धनगढी-१० का वडा अध्यक्ष शिव कु. राना , धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , धनगढी-७ का पुर्व वडा अध्यक्ष सिताराम राना , निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थराज पन्त ,निर्णायक , खेलाडी , कलाकार र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २४ वटा टिम दर्ता रहेको थियो । बिजेता सुडा उत्तर प्रदेश भारत १ लाख १ हजार , उप-बिजेता खटिमा उत्तराखण्ड ५५ हजार र तेस्रो स्थान APF २१ हजार नगद सहित मेडल प्रमाणपत्र दिइएको भनेर संस्थाका अध्यक्ष रबि रानाले बताएका हुन ।


कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।