कंचनपुरको पुनर्वास नगरपालिका वडा नं १० स्थित नवयुग युवा क्लबको आयोजना र पुनर्वास वडा नं १० को आर्थिक सहयोगमा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता र रानाथारु हाजिरी जवाफ प्रतियोगिता-२०८१ अलंकार आधारभूत विद्यालय नजिकको खेल मैदानमा हुने बताएका छन ।

वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता कार्तिक १३ गतेदेखि १७ गतेसम्म हुने छ । टिम दर्ता कार्तिक १२ गतेसम्म गराउन सकिने छ टिम दर्ता शुल्क २५०० रुपैया रहेको छ । प्रतियोगितामा बिजेतालाई ४० हजार ५५ रुपैया सहित ट्रफी ,प्रमाणपत्र , मेडल र उप-बिजेतालाई २० हजार ५५ रुपैया सहित प्रमाणपत्र , मेडल पुरस्कार दिइने छ ।
दोस्रो संस्करण रानाथारु हाजिरी जवाफ प्रतियोगिता-२०८१ कार्तिक १७ गते संचालन हुने बताएका छन । टिम दर्ता कार्तिक १६ गतेसम्म गराउन सकिनेछ दर्ता शुल्क १००० रुपैया रहेको छ । प्रतियोगितामा बिजेतालाई १५ हजार ५५ रुपैया , उप-बिजेतालाई १० हजार ५५ रुपैया र तेस्रो स्थानलाई ५ हजार ५५ रुपैया पुरस्कार दिइने छ भनेर नवयुग युवा क्लबका अध्यक्ष राजेश कुमार रानाले बताएका छन ।