कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ स्थित उग्रतारा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा मदन रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिकाकि उप-प्रमुख द्रोपती राना , विशिष्ट अतिथी सब-डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह , कृष्णपुर नगरपालिकाकि कार्यपालिका सदस्य आरती बोहरा , पर्यटन बिकासका अध्यक्ष लेखराज जोशी , CFCC का जोगराम चौधरी , विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , उपभोक्ता सदस्यहरु , स्थानीयहरुको उपस्थिति रहेको थियो ।


आर्थिक वर्ष ०८०-०८१ को २३ लाख ८६ हजार ३ सय ३२ रुपैया बराबरको आय व्याय र आ.व. ०८१-०८२ को २० लाख र १० लाख अन्य सहयोग हुने भनेर वार्षिक कार्ययोजना समूहका अध्यक्ष मदन रानाले प्रस्तुत गरेका हुन ।

कार्यक्रममा जनचेतनामूलक नाटक , होरी नाच , देउडा ,सखिया नाच ,मघौटा नाच स्थानियहरुले प्रस्तुत गरेका थिए ।

