२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

धनगढी-७ मा राष्ट्रिय हात्तिपाईले रोग निवारण सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

खबर सम्बाददाता १३ आश्विन २०८१, आईतवार
धनगढी-७ मा राष्ट्रिय हात्तिपाईले रोग निवारण सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बेलीमा राष्ट्रिय हात्तिपाईले रोग निवारण सम्बन्धि IDA इम्प्यक्ट सर्भे (IIS-I) कार्यक्रमको वडा स्तरीय अभिमुखीकरण गोष्ठी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा , मकवानपुर तथा स्वास्थ्य कार्यालय कैलाली को आयोजनामा धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारुको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका दिपक शाह , वडा सदस्यहरु , शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख जयकला रावल , स्वयंसेविका , प्रहरी , शिक्षकहरुको उपस्थिती रहेको थियो ।

यस वडामा हात्तिपाईले रोग निवारण गर्न आवश्यक सहयोग गर्ने भनेर धनगढी-७ का वडा अध्यक्ष मोती राना थारुले बताएका हुन ।

हामी स्वयंसेविका , स्वस्थ्यकर्मी २४ सै घण्टा हात्तिपाईले रोग निवारण गर्न लाग्ने भनेर शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख जयकला रावल प्रतिबद्धता गरेकी हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin